हाथवे इन्भेष्टमेन्ट लैनचौरस्थित आफ्नै भवनमा स्थानान्तरण

Advertisement

काठमाडौंः आइएमई समुहद्रारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड लैनचौरस्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा आइतबार सरेको छ । नयाँ भवनको उदघाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरे ।

उदघाट्न कार्यक्रममा कम्पनीका सञ्चालकहरु लगायतको उपस्थिति थियो । स्थापनाको छोटो समयमै पुँजीबजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको उद्देश्य सुचिकृत कम्पनीहरुको सेयरमा लगानी गर्ने रहेको छ ।

पुँजीबजारबाहेक दीर्धकालीन लगानीका रुपमा रियलस्टेट, हाईड्रोपावर, बिमा जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रस्त रहेको एनवी इन्स्योरेन्स कम्पनी र अरुण फाईनान्सको सेयर विभिन्न समूहमा व्यवस्थापन गरी सफलतापूर्वक सञ्चालनमा ल्याएको छ ।

कार्यक्रममा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापिटलमा कार्य गर्दै निजी क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए । त्यस्तै, प्रबन्ध संचालक अम्बिकाप्रसाद पौडेलले विगतको आरोह अवरोहका बीच कम्पनीले राम्रो प्रगति गरेको बताए ।

नेपाल स्टक एक्सचेन्जको ओटीसी मार्केटमा सुचिकृत यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओटीसी मार्केटमार्फत सेयर खरिद बिक्री गर्न सक्ने र कम्पनीको ५० रुपियाँ प्रतिकित्ता सेयर १२५ रुपियाँमा अन्तिम कारोबार भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement