गुल्मीः गुल्मी र बाग्लङ्गअन्तर्गत पौदीबासीहरुले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा झण्डै एक करोड रुपियाँको कारोबार भएको छ । दुई जिल्लाको संगमस्थल ग्वालिचौर खारबजारमा सञ्चालन भएको पाँच दिने मेला अवधिभरमा भण्डै एक सय ५० वटा स्टलहरु राखिएका थिए ।
मेलामा नजिकिँदो चाडोलाई लक्षित गर्दै न्यानो कपडा, सुन्तला, स्याउ जस्ता फलफुल, कृषि उपजलगायत राखिएको थियो । होटल व्यवसाय तथा रमाइलो मेलासमेत निकै फस्टाएको यस मेलामा झण्डै एक करोडको आर्थिक कारोवार भएको पौदी न्वागी मेला समिति गुल्मी बाग्लुङ्गका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।
पछिल्ला बर्षहरुमा न्वागी मेलामा कारोवार राम्रो हुनेभए पछि मेलालाई मध्यनजर गदै विभिन्न जिल्लाबाट व्यापारीहरु आ–आफ्नो व्यापार लिएर न्वागी मेलामा आउने गर्दछन् । लामो समयसम्म मेला सञ्चालन हुनाले न्वागी मेला एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुदै गएको छ ।