नौ बर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्रीको निधन

Advertisement

नयाँदिल्लीः विगत नौ बर्षदेखि कोमामा रहेका भारतका पुर्व सूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ । सन् २००८ देखि कोमामा रहेका दस्मुन्सीको ७२ बर्षको उमेरमा नयाँदिल्ली स्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो ।

“उनको स्थानीय समय अनुसार दिउसो १२ः१० मा निधन भएको हो, विगत एक महिना देखि उनको गंभीर अवस्थामा उपचार भईरहेको थियो, दुर्भाग्यबस आज उनको उपचार सफल हुनसकेन,” एपोलो अस्पतालले जारी गरेको वक्तव्यमा भनिएको छ ।

भारतको पश्चिम बंगाल राज्यमा प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको सवै भन्दा उच्च नेताका रुपमा उनी परिचित थिए । काँग्रेस नेतृत्वको एकिकृत प्रगतिशिल गठबन्धनको सरकारमा मन्त्री भएकै बेला अकस्मात बेहोस भै ढलेपछि उनलाई पक्षघात भएको थियो ।

भारतका राष्ट्रपति राम नाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेसकी प्रमुख सोनीया गान्धीले उनलाई समवेदना व्यक्त गरेका थिए । “पुर्व मन्त्री र बरिष्ठ राजनीतिक नेता प्रिय रन्जन दास्मुन्सीको निधनको खवर सुन्दा धेरै दुःख लागेको छ,” कोविन्दले ट्वीट गरेका थिए ।

त्यसैगरी प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै लेहेका थिए, “प्रिय रन्जन दास्मुन्सी लोकप्रिय र अनुभवी राजनीतिक नेता हुुनुहुन्थ्यो, फुटबललाई लोकप्रिय बनाउन उहाँले उल्लेख्य काम गर्नुभएको थियो ।” पार्टी अध्यक्ष गान्धीले उनको दुखद् निधनबाट पार्टी र देशलाई नै ठुलो क्षती पुगेको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement