सर्बोच्च अदालत परिसरमा बम राखिएको हल्लाले इजलास प्रभावित

Advertisement

काठमाडौं: सर्बोच्च अदालत परिसर बाहिर अज्ञात व्यक्तिले संकास्पद बस्तु राखिएको भन्दै अहिले १२:२५ बजे त्यहाँको नियमित अदालती कारवाहीको सुनुवाई कार्य बन्द गरिएका छन् ।

अदालत परिसरमा रहेको सर्बोच्च अदालत प्रहरी सुरक्षा एकाइका प्रमुख भरत बहादुर बोहराका अनुसार अदालत परिसरमा 'कसैले बिष्फोटक बस्तु राहेको' खबर आएकोले अहिले अनुशन्धान गर्न सम्पूर्ण इजलास बन्द गरिएका छन् ।

उनका अनुसार बम कहाँ र कता राखिएको भन्ने बारे अझै एकिन भइनसकेको र खोजि कार्य जारी रहेको छ । प्रहरीले उक्त खबर १२:२५ तिर प्राप्त गरेको पनि बोहराले जानकारी दिए ।

बम राखिएको हल्लापछि सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement