क्यासीको टोलीले भेट्यो राष्ट्रपतिलाई

Advertisement

काठमाडौंः एसिया प्रसान्त क्षेत्रका उद्योग बाणिज्य संगठन क्यासीलेको टोलीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ । क्यासीका अध्यक्ष जामेल इनासिभिली नेतृत्वमा नेपाल भ्रमणमा रहेको उक्त टोलीले राष्ट्रपति भण्डारीलाई राष्ट्रपति कार्यालयमा भेटेको हो ।

भेटमा नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधिसमेत सहभागी थिए । राष्ट्रपतिसँगको भेटवार्तामा नेपालमा लगानीका अवसर, नेपालको विद्यमान अवस्था, एसिया प्रशान्त क्षेत्रका देशबाट नेपालमा हुन सक्ने लगानीका सम्भाव्यता विषयमा कुरा भएको महासंघले जनाएको छ ।

आजै क्यासीको टोलीले वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेसँग भेट गर्यो । भेटमा सचिव घिमिरेले नेपालको पर्यटन, उर्जा र कृषि जस्ता तुलनात्मक एवं प्रतिष्प्रधात्मक लाभका क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै नेपालको व्यापार नीतिका बारेमा जानकारी गराए ।

उनले कृषिजन्य वस्तुहरु चिया, कफि, अलैंची र औद्योगिक वस्तुहरु पस्मिना र कार्पेटको अन्तर्राष्ट्रिय बजारमा माग राम्रो रहेको भन्दै त्यस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement