च्याम्पियन्स लिगमा रियलको सानदार जित, एपेल निकोसिया ६-० गोलले पराजित

Advertisement

एजेन्सीः स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा साबिक विजेता रियलले एपेल निकोसियालाई ६-० गोलमा पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको हो ।

रियललाई जित दिलाउने क्रममा रोनाल्डोले दुई गोल गर्दै लिगमा सर्वाधिक गोल सङख्या १८ पुर्याए । एपेल निकोसियाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले लुका मडरिकको गोलबाट २३ औं मिनेटमा अग्रता लियो । २४ मिनेटमा करिम बेन्जिमा र ४१ औं मिनेटमा नाचोले गोल गर्दै रियलको अग्रता फराकिलो बनाए ।

पहिलो हाफको अतिरिक्त समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ४-० को अग्रता लिन सफल भयो । दोस्रो हाफको ४९ औं मिनेटमा रोनाल्डोले गोल गरे त्यसको पाँच मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको जित फराकिलो बनाए ।

अर्को खेलमा टोटनह्यामले बोरुसिया डर्टमुन्डलाई २–१ ले पराजित गर्दै समुह विजेता बन्यो ।

Advertisement

Advertisement

Advertisement