बाढीका कारण सप्तरीमा धान उत्पादनमा कमी

Advertisement

सप्तरीः साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पुर्याएकाले धान उत्पादन घटेको छ । धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

रोपाइँको समयमा पर्यााप्त वर्षा नभएको र रोपी सकेपछि आएको ठूलो बाढीका कारण धानको उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले बताए ।

यस वर्ष सप्तरीमा यस वर्ष ५४ हजार पाँच सय हेक्टरमा धानबाली लगाइएकामा गत वर्षभन्दा पाँच प्रतिशतले कमी (एक लाख ४९ हजार मेट्रिक टन) धान उत्पादन भएको छ । गत आवमा ५२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर दुई दशमलव ७५ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो । आव २०७१/०७२ मा ४२ हजार हेक्टर जमिनमा प्रतिहेक्टर अढाइ मेट्रिक टनका दरले धान उत्पादन भएको थियो ।

अन्न भण्डारका रुपमा चिनिने तराईका जिल्लामध्ये सप्तरी जिल्लामा ५४ हजार पाँच सय हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement