राष्ट्रिय क्रिकेट टिमः दोस्रो चरणको प्रशिक्षणमा को को छन्

Advertisement

काठमाडौंः विश्व क्रिकेट लिग अन्तर्गत यूएईविरुद्ध हुने खेलमा लागि दोस्रो चरणको खेलाडीको नाम सार्वजनिक गरिएको छ । बुधबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० सदस्यीय टोलीको घोषणा भएको हो ।

राष्ट्रिय टोलीमा नाम चलेका खेलाडी नरेश बुढायर र अनिल मण्डल दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न असफल भएका छन् । अलराउण्डर मेहबुब आलम र शौरभ खनालले भने चोट लागेपछि टोलीबाट नाम फिर्ता लिएका छन् ।

साथै, टोलीमा सुसन भारी, विक्रम शोव र सुनिल धमला पनि टोलीमा अटाएनन् । सुसनले हङकङविरुद्धको पहिलो खेलमा सथान पाएका थिए भने नरेशलाई शरद भेषावकर ठाँउमा स्थान दिइएको थियो ।

टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान) , शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने छन् ।

यस्तै जितेन्द्र मुखिया, आरिफ शेख, अनिलकुमार साह, दिलिप नाथ, हसिम अन्सारी, कुशल भुर्तेल र सुशील कँडेल पनि टिममा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement