मुगाबेको राजिनामासँगै जिम्बावेका जनतामा छायो खुसी

Advertisement

हरारे: जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गरेका छन् ।

उनको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ ।

उनले राजिनामाको घोषणा गरेलगत्तै यहाँ खुसियाली समेत मनाइएको समाचारमा जनाइएको छ । मङ्गलबार साँझदेखि सडकमा जम्मा भएका मानिसहरुले खुसियाली स्वरुप नाचगान र नाराबाजी गरिरहेका छन् ।

राष्ट्रपति मुगाबेलाई हटाउन यहाँको सत्तारुढ तथा विपक्षी दलले नै संसदमा महाभियोग दर्ता गर्ने प्रकिया शुरु गरेका थिए ।

सो प्रस्तावका लागि प्रक्रिया सुरुभए लगत्तै उनले अप्रत्यासित राजीनामादिएका हुन् । सो अभियोगका बारेमा सभामुखले संसदमा नै उक्त पत्र पढेर नै सुनाएका थिए ।

मङ्गलबार नै सांसदहरुले सो घोषणाको समर्थन पनि गरेका थिए । तर मतदानमा भने लगिएको थिएन । यसैबीचमा उनले राजिनामाको घोषणा गरेपछि जिम्बावेका नागरिकहरु खुसियाली मनाउन सडकमा निस्किएका थिए ।

मुगाबेले आफ्ना उपराष्ट्रपति एमरसन मनाङ्ग्वालाई दुई हप्ताअघिमात्र पदबाट हटाएका थिए । त्यस लगत्तै जिम्बावेको सेनाले जिम्बावेको शसान सत्ता हातमा लिएको घोषणा गरेको थियो ।

सत्तारुढ जानु पिएफ दलका अधिकारीहरुले अब वैधानिक हिसाबले नै यसअघि हटाइएका उपराष्ट्रपति मनाङ्गाग्वाले नै बिहीवारसम्ममा राष्ट्रपतिको रुपमा शपथग्रहण गर्ने जनाएका छन् ।

यहाँको विपक्षी दलले भने जिम्बावेमा आगामी केही महिनामा नै स्वतन्त्र र निष्पक्ष रुपमा आम निर्वाचन गरी राजनीतिक निकास दिनुपर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement