२१ भाषामा मतदाता शिक्षा प्रशारण गर्दै आएको रेडियो नेपालको आयोगले गर्यो प्रशंसा

Advertisement

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय तुल्याउन पत्रकारिताको व्यावसायिक मर्यादा र आचारणभित्र रहेर सत्यतथ्य समाचार सम्प्रेषण गर्न आमसञ्चार माध्यमलाई सुझाव दिएका छन् ।

रेडियो नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा संवाददाताका लागि आयोजित तीनदिने निर्वाचन रिपोर्टिङ अभिमुखीकरणको उद्घाटन गर्दै उंले लोकतन्त्रको आधारशिला भएकाले निर्वाचनलाई सफल तुल्याउन आम सञ्चारमाध्यमको ठूलो भूमिका हुने बताए ।

उहाँले भन्नुभयो, “निर्वाचनका बारेमा कुनै संशय नराखी सबै खाले व्यवधानलाई चिर्दै मतदाताले विश्वस्तका साथ सोच बनाई सक्नुभएको छ, संघीयता र गणतन्त्र कार्यान्वयनका लागि हुने मतदानमा भाग लिन पछि पर्नुहुन्न भन्ने सन्देश आम जनतामा पुगिसकेको छ ।

राजनीतिक दल र उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन भए÷नभएको विषयमा चनाखो भई समाचार सम्प्रेण गर्न आग्रह गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले जनताको रेडियोका रुपमा रेडियो नेपालले खेतबारीमा काम गरिरहेको जनतामा मतदाता शिक्षा पु¥याउँदै आएको भनी सराहना गरे ।

जनताको अमूल्य मतको संरक्षण गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उनले अमूल्य चीजको मूल्य तोक्ने काम कहीँ कतैबाट हुनुहुन्न भने ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भिकताका साथ सफल तुल्याउन रेडियो नेपालले आम मतदातामाझ प्रभावकारी रुपमा मतदाता शिक्षा प्रवाह गर्दै आएको बताए ।

अभिमुखीकरणका क्रममा रेडियो नेपालका संवाददातालाई निर्वाचन आयोगका विज्ञहरुले आचारसंहिता, निर्वाचन कानून, मतदान, मतदाता शिक्षा, समानुपातिक र प्रत्यक्ष निर्वाचन, संघीयता, मतगणनाजस्ता विषयका समाचार संकलन र प्रसारण गर्दा ध्यान पु¥याउनुपर्ने पक्षका बारेमा प्रशिक्षण दिनुहुनेछ ।

रेडियो नेपालबाट विभिन्न २१ भाषाभाषीमा निर्वाचन शिक्षा प्रसारण हँुदै आएको छ । जनतामा सबैभन्दा बढी पहँुच भएको सञ्चारमाध्यमका रुपमा रहेको रेडियो नेपालले सेवा पु¥याउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement