देउवाले अस्पताल पुगेर निधिको स्वास्थ्य अवस्था बुझे

Advertisement

काठमाडौंः प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवाले ओम अस्पतालमा उपचार गराइरहेका काँग्रेस नेता विमलेन्द्र निधिलाई बुधबार बिहान भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् ।

देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गरे । आजै बिहान काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले पनि निधिलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएका थिए । पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले निधिको स्वास्थ्य अवस्था हेरिरहेका छन् । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् ।

धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार काँग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आएका थिए । त्यसक्रममा धुलोधुवाँका कारण केही असहज भएपछि उनी गत सोमबार राजधानी आएर अस्पताल भर्ना भएका हुन ।

Advertisement

Advertisement

Advertisement