बलिउड छिर्ने प्रयास असफल भएपछि श्रृष्टी 'बाँधमायाले'मा अनुबन्धित

Advertisement

काठमाडौंः बलिउड चलचित्रमा अभिनय गर्ने उद्देश्यले अडिसन दिएर असफल भएपछि पूर्व मिसनेपाल श्रृष्टी श्रेष्ठ स्वेदेश फर्किएकी छिन् । श्रेष्ठले नेपाल आएर नयाँ चलचित्र ‘बाँधमायाले’मा अनुबन्धित भइसकेकी छिन् ।

उनी यो चलचित्रमा आर्यन अधिकारीसँग अभिनय गर्न लागेकी हुन् । पछिल्लो समय असफलताको स्वाद चाखिरहेका निर्देशक सबिर श्रेष्ठले यस चलचित्रको निर्देशन गर्ने छन् । चलचित्र यसै सातादेखि नवलपरासीबाट छायाँकन सु्रु गर्ने चलचित्र युनिटले बताएको छ ।

काईट्स इन्टरटेन्मेन्ट प्रालिले प्रस्तुत गर्न लागेको बाँधमायालेको निर्मातामा रामहरि धिताल र बिभिसीका श्रेष्ठ रहेका छन् । बाबु श्रेष्ठको छायाँकन रहने चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । चलचित्रमा आर्यन र श्रृष्टीको साथै राजाराम पौडेल, विशाल चाम्लिङको समेत अभिनय रहनेछ । नव प्रस्तुतीको रुपमा किशोर खड्का रहनेछन् ।

Advertisement

Advertisement

Advertisement