चुनावपछिको आर्थिक संवृद्धि र राजनीतिक स्थिरताका लागि म जमानी बस्छुः ओली

Advertisement

दाङः एमाले अध्यक्ष केपी ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि भएको भन्दै विकासको लागि जिम्मा लिन आफू ‘जमानी’ बस्न तयार रहेको बताएका छन् ।

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिले बुधबार घोराहीमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले भने, “त्यो आवश्यकता पूरा गर्न माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको हो, चुनावपछि वाम गठबन्धनको सरकार बन्छ ।”

उनले मुलुक चुनावपछि नयाँ युगमा प्रवेश गर्ने बताउँदै अब मुलुकमा जनता भोकै बस्नु नपर्ने ठोकुवा गरे । काँग्रेसको नेतृत्वबाट मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएको भन्दै ओलीले मुलुकको विकास अगाडि बढाउन कम्युनिष्ट सरकार गठन हुने दाबी गरे ।

उनले आफ्ना विचार जनताका माझ राख्न जनसभा गरेका बेला विप्लव माओवादीले गरेको बन्दलाई के गर्न खोजेको भनेर प्रश्न गरे ।

Advertisement

Advertisement

Advertisement