माउन्ट मकालुको ५० प्रतिशत हकप्रद सेयर खुला

Advertisement

काठमाडौंः माउन्ट मकालु डेभलपमेन्ट बैंकले बिहीबार (मंसिर ७ गते) देखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले २ः१ अनुपातमा एक सय रुपियाँ अंकित मूल्यको तीन लाख ४५ हजार आठ सय कित्ता सेयर बिक्री खुला गरेको हो ।

यो हकप्रद सेयर पुस १२ गतेसम्म भर्न पाइनेछ । मकालुको हकप्रदमा कात्तिक १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन भर्न पाउनेछन् । बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स, दरबारमार्ग काठमाडौं तथा माउन्ट मकालुको मुख्य कार्यालय तेह्रथुम र बैंकका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने जनाइएको छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर, वीरगंज, नेपालगंज, नारायणगढ, बुटवल र धनगढी शाखाबाट पनि आवेदन भर्न पाइनेछ । माउन्ट मकालुको चुक्ता पुँजी हाल छ करोड ९१ लाख ६० हजार रुपियाँ छ भने ५० प्रतिशत सेयरपछि बैंकको चुक्ता पुँजी १० करोड ३७ लाख ४० हजार रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement