नेयामार प्रभावित पीएसजीको च्याम्पियन्स लिगमा शानदार जित

Advertisement

एजेन्सीः फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा सेल्टिकविरुद्ध शानदार जित दर्ता गरेको छ । गए राती भएको खेलमा पीएसजीले सेल्टिकलाई ७–१ गोलले पराजित गरेको हो ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने सेल्टिकले लिएको थियो । सेल्टिकको लागि खेल सुरु भएको पहिलो मिनेटमा मौसा डेम्बेलेले गोल गरेका थिए । तर, यो अग्रता लामो समय टिक्न सकेन ।

नवौं मिनेटमा पीएसजीको लागि नेयमारले बराबरी गोल गरे । २२ नेयामारले नै व्यक्तिगत दोस्रो गोल गरे । ३५ औं मिनेटमा एमबापेले र काभानीले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा पाँच मिनेटमा मार्को भेराटी, काभानी र ड्यानी आल्भेसले गोल गरे । यो च्याम्पियन्स लिगमा पीएसजीको अहिलेसम्मकै ठूलो जित हो । यसअघि उसले सेल्टिकमामथि नै ५–० को जित निकालेको थियो ।

समूह बीबाट पीएसजीसँगै बार्यन म्युनिख अन्तिम १६ मा पुगिसकका छन् ।

Advertisement

Advertisement

Advertisement