एडिबीको नेपाल निर्देशकमा खामुदाखनोभ नियुक्त

Advertisement

काठमाडौँ: एशियाली विकास बैंक (एडिबी) को नेपाल निर्देशकमा उज्वेकिस्तानका ऊर्जा विशेषज्ञ मुख्तोर खामुदाखनोभ नियुक्त भएका छन् ।

करिब सात महिनादेखि रिक्त उक्त पदमा उनलाई एडिबीका अध्यक्षले हालै नियुक्त गरेको र उनी कार्यभार सम्हाल्न काठमाडौँ आइसकेको यहाँस्थित एडिबीको कार्यालयले जनाएको छ ।

इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि आर्थिक नीति तथा व्यवस्थापनका साथै वित्तीय व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका नवनियुक्त देशीय निर्देशक खामुदाखनोभ सन् २००१ देखि एडिबीमा आबद्ध छन् ।

Advertisement

Advertisement

Advertisement