बुढानिलकण्ठ–रत्नपार्क रुटमा अब टाटाका नयाँ बसहरु चल्ने, पूराना माइक्रोहरु विस्थापित गरिने 

Advertisement

काठमाडौंः टाटाका नयाँ सुविधासम्पन्न बसहरु बिहीबारदेखि बुढानिलकण्ठ–रत्नपार्क रुटमा गुडन थालेका छन् । टाटाको एलपी ७१२ ३२ मोडलका नयाँ सिटी बसहरु बुढानिलकण्ठ यातायात प्रालिले यस रुटमा सञ्चालनमा ल्याइएको हो ।

यस बसमा आधुनिक सुविधाहरु एलइडी टिभी, सीसीटीभी, हाइड्रोलिक डोर, आरामदायी सिट र फराकिलो ग्याङवे समावेश गरिएको टाटाको नेपाली आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका प्रोडक्ट म्यानेजर कृष्ण चन्दले बताए ।

साँचो हस्तान्तरण गर्दै सिप्रदीका उपमहाप्रवन्धक अनुपमणी ढकालले आफूहरुले ३५ बर्षदेखि निरन्तर ग्राहक सेवालाई उच्च प्राथमिकता दिएको भन्दै एलपी ७१२ ३२ मोडलका बसहरु अन रोडका निमित्त २४ सै घण्टा कटिबद्ध रहने बताए ।

यस बसले लगानीकर्तालाई प्रतिफलको समेत सुनिश्चितता गर्ने सिप्रदीको भनाई छ । बुढानिलकण्ठ यातायातका अध्यक्ष वावुराजा महर्जनले हाल १० वटाबाट सुरु गरिएको बसको संख्या आगामी दिनमा ७० पुर्याएर पूराना माइक्रो बसलाई विस्थापित गर्ने लक्ष्य रहेको बताए ।

नेपाली अटो बजारमा ७८ प्रतिशत बजार हिस्सा ओगट्न सफल टाटाका गाडिहरु नेपाली ग्राहकमाझ लोकप्रिय रहँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement