नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकममा पनि वृद्दि

Advertisement

काठमाडौंः साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले बढेर १३ दशमलव दुई अंकले बढ्दा १४९३ दशमलव २९ अकंमा कायम भएको छ । हिजो बुधबार नेप्से आठ दशमलव दुई अंकले बढ्दा १४८० दशमलव २८ को बिन्दुमा रोकिएको थियो ।

हिजो ३४ करोड ८० लाखको सेयर कारोबार भएको थियो भने आज बढेर ६८ करोड ५७ लाख २८ हजार ३ सय ५५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । आज 'क' वर्ग बैंकहरुको सुचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स दुई दशमलव ४७ अंकले बढेर ३१४.४३ बिन्दुमा पुगेको छ ।

बिहिबार सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा साना किसान बिकास बैंक (प्रमोटर सेयर) रहेको छ । उसले प्रतिकित्ता नौ सयमा किनबेच हुँदा २१ करोड ९९ लाख १५ हजार ९ सयको कारोबार गरेको छ ।

आज सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक ४६.०३ अंकले बढेर १९२२.१४ बिन्दुमा पुगेको छ । त्यसतै दोस्रोमा वीमा समुहको परिसुचक २६.३१ अंकले बढेर ७ हजार नौ सय ८१ बिन्दुमा पुगेको छ । कुल दस समुह मध्ये व्यापार समुह बाहेक अरु सबै सकरात्मक रहे ।

Advertisement

Advertisement

Advertisement