मनकामना केबुलकार हालसम्म एक करोड २९ लाखले चढे

Advertisement

काठमाडौंः मनकामना केबुलकारमा हालसम्म एक करोड २९ लाखले यात्रा गरेको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । कम्पनी स्थापनाको १९ बर्ष पूरा गरी २०औं बर्ष प्रवेश गरेको अवसरा जारी गरिएको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।

कम्पनीका अनुसार बार्षिक १० लाख यात्रु मनकामना मन्दिर दर्शनका लागि केबुलकारको यात्रा गर्ने गर्छन । तीन किलोमिटर एक मिटर लम्बाई रहेको यसका केबुलकारको क्षमता प्रतिघण्टा छसय रहेको छ । हाल ३१ वटा केबुलकार (गोण्डाला)मार्फत सेवा दिँदै आएको मनकामना दर्शन प्रालिले यात्रुहरुको बढ्दो चाललाई लक्षित गर्दै तीन वटा केबुलकार थप्ने योजना बनाएको जानकारी दिएको छ ।

अष्ट्रियाको परिचित कम्पनी डोपलमायरको मेशिनरी प्रयोग गरिएको यस केबुलकार सतप्रतिशत सुरक्षित रहेको कम्पनीले जनाएको छ । विसं २०५४ मंसिर ८ गतेबाट चितवनको चेरेसबाट गोरखाको मनकामना मन्दिरसम्म सञ्चालनमा आएको यस केबुलकारमा तीन वटा गोण्डाला थपेपछि दैनिक थप नौसय यात्रुलाई सेवा दिन सकिने छ ।

मनकामना केबुलकारमा रेष्टुरेन्ट, सशुल्क पार्किङ, फास्टफुड, आइसक्रिम स्टललगायतका सुविधा पनि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement