नयाँ नेपाल लघुवित्तको २० प्रतिशत बोनसपछि २५ प्रतिशत हकप्रद सेयर आउने

Advertisement

काठमाडौं: नयाँ नेपाल लघुवित्त विकास बैंकले २० प्रतिशत बोनस र कर तिर्ने प्रयोजनका लागि एक दसमलव पाँच तीन प्रतिशत नगद लभांश दिने निर्णय गरेको छ ।

लघुवित्तले अहिले दुई करोड चुक्ता पुँजी रहेको छ र सोहि चुक्ता पूँजीको आधारमा २० प्रतिशत बोनस सेयर दिइसकेपछि कायम हुने पुँजीमा २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ ।

बोनस र हकप्रद प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस हुनेछन् । साधारण सभाले प्रस्ताव पास गरेपछि लाभांश वितरण तथा हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । २० प्रतिशत बोनस दिएपछि नयाँ नेपालको चुक्ता पूँजी दुई करोड ४० लाख रुपियाँ पुग्नेछ ।

सो नयाँ पूँजी थपिएपछि २५ प्रतिशत हकप्रद निष्कासन पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपियाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ७७.५४ % ले घटेर २ लाख ६९ हजार रुपियाँमा सीमित भएको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपियाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ५५ पैसा छ ।

Advertisement

Advertisement

Advertisement