सिटी एक्सप्रेसको भाइबर सेवा सञ्चालन, रेमिट्यान्स क्षेत्रमै पहिलो प्रयोग

Advertisement

काठमाडौंः सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा पहिलो पटक भाइबर सेवा सुरु गरेको छ । उक्त भाइवर सेवामार्फत ग्राहकले सहजरुपमा आफ्नो मोवाइल ल्यापटप, ट्यावलेट, कम्यूटर लगायतबाट रेमिटान्स सेवाको सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

ग्राहकरुले सिटी एक्सपे्रसको भाइबर सेवामार्फत आफूले पठाएको कारोबारको सम्पूर्ण जानकारी, विनिमय दर, एजेन्टको विवरण ग्राहक सेवा तथा अन्य सम्बन्धित जानकारी लिन सक्नेछन् । यो सेवा सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकरुले मात्र नभएर जोसुकैले पनि उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

सञ्जाल विस्तारको क्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो करिब पाँच हजारभन्दा बढि एजेन्टहरुद्वारा सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement