आइसीसी महिला टी–टन्टी विश्वकप छनोटः नेपालसँग मलेसिया ३३ रनले पराजित

Advertisement

काठमाडौंः अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) महिला टी–टन्टी विश्वकप छनोटको चौंथो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो।

नेपालले दिएको एक सय नौ रनको लक्ष्य पछ्याएको मलेसियाको महिला टोली निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७५ रनमा समेटिएछि नेपालको जित पक्का भयो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी करुणा भण्डारीले तीन विकेट तथा सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान ११ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले सिता राना मगर र ज्योति पाण्डेको अर्धशतकिय साझेदारीको मदतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो । त्यसबाहेक नेपालका लागि ज्योति पाण्डेले २१, काजोल श्रेष्ठले १४ रन जोडिन् ।

यसअघिका सुरुवाती दुई खेल वर्षाले प्रभावित भएसँगै नेपालले आयोजक थाइल्याण्ड र हङकङसँग अंक बाँडेको थियो । विहीबार भएको युइईसँगको खेल नेपालले पाँच रनले पराजित भएको थियो ।

नेदरल्याण्डमा आगामी जुनमा हुने ग्लोबल क्वालिफयर्समा अंकतालिकाको शीर्ष दुई स्थानमा रहने टोली पुग्ने प्राबधान छ । अ‌ंकतालिकाको पहिलो स्थानमा थाइल्याण्ड सात र दास्रो स्थानमा हङकङ पाँच रहेका छन्। नेपालले अब आइतबार अन्तिम खेलमा चीनको सामना गर्नेछ।

Advertisement

Advertisement

Advertisement