एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक, भ्वाइस सेवा अब अझै सुलभ

Advertisement

काठमाडौंः एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । जस अन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा सात सय मिनेटसम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् ।

नयाँ भ्वाइस प्याकहरु बिहीवारदेखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीनदिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्छन् ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र १५ रुपियाँमा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा करसहित ७० रुपियाँमा १२० मिनेट टक टाइम लिन सक्छन् । त्यसैगरी ग्राहकले ३० रुपियाँमा ५० मिनेट टक टाईम रहेको तीन दिने भ्वाइस प्याक खरिद गर्न सक्छन् ।

नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले ३०० रुपियाँमा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सक्छन् ।

दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेको छ । त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीनदिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्कअनुसार एनसेल नेटवर्कभित्र कल गर्दा करसहित २.५० रुपियाँ प्रतिमिनेट शुल्क लाग्दछ । भ्वाइस प्याकअन्तर्गतका टक टाइम एनसेल नेटवर्कभित्रमात्र लागु हुनेछ ।

पहिला नै संचालनमा रहेका भ्वाइस प्याकहरु यथावत रहेको एनसेलले जनाएको छ । ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार जति पटक पनि यी प्याकहरु लिन सक्छन् । एनसेलका ग्राहकले युएसएसडी, आइभिआर, एसएमएस, एनसेल एपकुनै पनि माध्यमबाट भ्वाइस प्याक खरिद तथा सुचारु गर्न सक्नेछन् ।

ग्राहकलाईथप सुविधाप्रदानगर्दैै आधारभुतभ्वाइस सेवामाचार नयाँप्याकहरु ल्याउनपाउँदाहामीनिकै हर्षित छौ,’’ एनसेलकाकर्पोरेट सर्भिसेज निर्देशक प्रणय आचार्यले भने । “सुलभ दरमा गुणस्तरीय सेवाप्रदानगर्ने हाम्रो प्रतिवद्घताअनुरुपयीप्याकहरु ल्याइएको होे ”आचार्यले भने ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार आफ्नो आवश्यकताबमोजिमको भ्वाइस प्याक सुचारु गरी लाभ लिन सक्छन् । आईभिआरमार्फत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार सेवा सुचारु गर्न सकिन्छ । त्यस्तै ग्राहकले १७११८ माआफुले लिन चाहेको प्याकको मुल्य टाइप गरि एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् ।

उदाहरणका लागि दैनिक प्याकको लागि ग्राहकले १५ लेखि, साप्ताहिक भ्वाइस प्याकको लागि ७० लेखि, मासिक भ्वाइस प्याकको लागि ३०० लेखि र तीन दिने भ्वाइस प्याकको लागि ३० लेखि १७११८ मा एसएमएस गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो प्याकमा बाँकी रहेको टक टाइमको बारेमा जानकारी लिन सक्छन् । त्यस्तै ग्राहकले आफ्नो मेसेज बक्समा गई अंग्रेजीमा ‘एस’ लेखि १७११८ मा एसएमएस पठाई आफ्नो प्याकको बाँकी समयावधिको बारेमा जानकारी लिन पनि सक्छन् ।

Advertisement

Advertisement

Advertisement