‘एकीकृत नमुना सन्तपुर बस्ती’ बनाउन साउदीबाट एकैचोटी ५१ लाख सहयोग

Advertisement

काठमाडौंः समाज सेवामा क्रियाशील कलाकारद्धय धुर्मुस र सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे)लाई साउदी अरबबाट ५१ लाख रुपियाँ सहयोग जुटेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा सुरु गरेको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणका लागि उक्त सहयोग संकलन भएको हो । सहयोग संकलन गर्न साउदी अरव पुगेका धुर्मुस र सुन्तलीले ठूलो सहयोग सहयोग संकलन गर्न सफल भएका हुन ।

धुर्मुसको आफ्नो फेसबुक स्टाटसमा लेखेअनुसार यही गएको नोभेम्बर १७ मा रियादमा भएको ‘धुर्मुस सुन्तली साँझ’बाट झण्डैं ७२ हजार ३४७ रियाल संकलन भएको थियो भने हापुफ, दबाम, जुवेल लगायतका स्थानहरुबाट एक लाख १४ हजार ८१ रियाल संकलन भएको हो ।

धुर्मुस लेख्छन, ‘साउदीबाट नसोचेको सहयोग प्राप्त भयो । यो सहयोगले हामीलाई खुसी मात्र दिएको छैन् भावुक पनि बनाएको छ ।’

एकीकृत नमुना सन्तपुर बस्ती करिव छ करोडको लगानीमा निर्माण हुँदैछ । बस्ती निर्माणका लागि सहयोग संकलन जारी रहेपनि अझै फाउण्डेशनलाई दुई करोड ९४ लाख सहयोगको अभाव रहेको छ । धुर्मुसका अनुसार यो बस्ती निर्माणका लागि ढिलो गरि सहयोग संकलन भए पनि समयमा नै बस्ती निर्माण सम्पन्न गरि पीडितहरुलाई हस्तान्तरण गरिनेछ ।

dhurmus-suntali-saudi-arab

Advertisement

Advertisement

Advertisement