सरकारको मुलुकको आर्थिक विकासका लागि सार्वजनिक र निजीसँगै सहकारीलाई पनि एउटा आधार मानेको छ । ग्रामीण अर्थतन्त्रमा सहकारी गतिविधि राम्रै भए पनि शहरी क्षेत्रमा यसको छवी त्यति राम्रो छैन । सहकारी क्षेत्रको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामा त्यति धेरै सुधार हुन नसकेको, विकृतिहरु रहेको गुनासाहरु सुनिने गरेको छ । यद्यपि सहकारी संस्थाहरु फस्टाउने क्रम रोकिएको छैन । हालसम्म सञ्चालनमा आएका झण्डै ३४–३५ हजार सहकारी संस्थाहरुलाई प्रतिनिधित्व गर्ने एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंकको स्थिति के छ ? के गर्दैछ । यिनै विषयमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत केबी उप्रेतीसँग कर्पोरेट नेपाल डटकमको टेलिभिजन कार्यक्रम कर्पोरेट नेपालमा (शुक्रबार प्रसारित) गरिएको कुराकानीको सारः
निजी क्षेत्रका बैंकहरु यस्तो प्रतिस्पर्धी ढंगले अघि बढेका छन् । सहकारी बैंक किन सुस्त भएको ?
जुन स्पिडमा बढ्नुपर्ने हो, बढिरहेको छ । यो छुट्टै प्रकृतिको बैंक हो । निजी क्षेत्रका बैंकले पब्लिक्ली कारोबार गर्छन । राष्ट्रिय सहकारी बैंकमा सहकारी संघसंस्थाले मात्रै कारोबार गर्छन । प्रत्येक बर्ष २५ देखि ५० प्रतिशतको दरले वृद्धि भइरहेको छ । सदस्य संख्याको हिसावले, कारोबारको हिसावले, कर्जाको हिसावले, सेयरको हिसावले वृद्धि भइरहेको छ । त्यसकारण हामी सकारात्मक नै छौं । सुस्त जस्तो लाग्दैन ।
तपाईंहरुको प्रतिस्पर्धी को हो ?
अलिअलि प्रतिस्पर्धा त निजी क्षेत्रका बैंकहरुसँग भइहाल्छ । पैसा अभाव भएको बेला निजी बैंकहरुले मार्केटिङ गरेर सहकारी बैंकसँग पैसा लिने गर्छन । तर, जुन ढंगले हामी अगाडि बढिरहेका छौं, त्यसमा प्रतिस्पर्धा छैन । के भने सहकारी बैंक नहुँदा र हुँदाको फरक के छ भने सहकारी संघसंस्था र यसका सदस्यहरुले धेरै राहत पाएका छन् ।
यदि अर्को पनि सहकारी बैंक भयो भने प्रतिस्पर्धी हुन सहयोग पुग्थ्यो कि ? जस्तो कि एनसेल आएर नेपाल टेलिकम सुधार भयो नि । के लाग्छ तपाईंलाई ?
बैंक थपेर मात्रै हुँदैन । जस्तो इलाममा शाखा खोल्नुपर्यो । शाखामा दैनिक ४०–५० वटा सहकारी संघसंस्थाले कारोबार गरेनन् भने त्यो दिगो हुँदैन । अरु बैंकहरुले जनतासँग कारोबार गर्न पाउने भए । तर, यो बैंकले सहकारी संघसंस्थासँग मात्रै कारोबार गर्न पाउने भएकाले कि त नयाँ आएको बैंक बन्द गर्नुपर्ने हुन्छ कि पूरानोको विजनेशमा घाटामा हुन्छ । किनभने यो सीमित क्षेत्रसँग मात्रै कारोबार भयो के । त्यो भएर हामीले के मापदण्ड बनाएका छौं भने एकसयभन्दा बढि संघसंस्था भयो भने त्यहाँ शाखाको पूर्वाधार पुग्यो भनेर प्रक्रिया अघि बढाउँछौं । अप्रत्यक्षरुपमा अरु बैंक वित्तीय संस्थासँग प्रतिस्पर्धा त छँदैछ, यो विशिष्ट प्रकृतिको बैंक भयो । हुन त राष्ट्र बैंकले गैरसदस्यसँग पनि कारोबार गर्नेगरी कम्पनी ऐनअनुसार दर्ता भएर ख बर्गको राष्ट्रियस्तरको विकास बैंकको रुपमा आउनुस भनेको थियो । तर, त्यो बैंक त थुप्रै छ । हामीले त्यसो नगरी सहकारी संघसंस्थासँग मात्रै कारोबार गर्नेगरी छुट्टै प्रकृतिको बैंक बन्न रोज्यौं ।