मतदानपछि भट्टराईले भने मेरो जीतमा कुनै शंका छ र ?

Advertisement

गोरखा: नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका डा. भट्टराईले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो जीतमा कुनै शंका नै रहेको बताएका हुन् । उनले हार जीतभन्दा पनि मतान्तर कति हुनेमा जनताको चाँसो रहेको पनि बताए ।

मतदान स्थल पुगेका भट्टराईले भने, ‘बहुदलीय राजनीतिमा सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्छ । योग्य प्रतिस्पर्धी हुँदा आफ्नो क्षमता अभिबृद्धि हुन्छ भन्ने मान्यता म राख्छु । मेरो जीतमा कुनै शंका छैन । यहाँको बहस भनेको मतान्तर कति हुने हो भन्ने हो । किनभने पहिलेको निर्वाचनमा नेपाल भरीमा सबैभन्दा बढी मत ल्याएर मैले जितेको थिएँ । त्यसमा चाहीँ जनताको चाँसो हो, हार जितमा शंका छैन ।’

यस्तै, उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठले पनि मतदान गरेका छन् । मतदान पछि प्रतिक्रिया दिंदै उनले भने, गठवन्धनबाट मेरो जीत सुनिश्चित छ । जनताले मुख हेरेर भन्दा अव पार्टी हेरेर भोट गर्ने उनले बताए ।

Advertisement

Advertisement

Advertisement