गोरखा र बझाङको मतदान केन्द्र नजिक बम बिष्फोट

Advertisement

गोरखा/बझाङ: गोरखाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गण्डकी गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका आधारभुत विद्यालयको बुथ र बझाङको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान स्थलनजिक बम विस्फोट भएका छन् ।

गोरखाको उक्त विद्यालयको बुथ नजिक दुई स्थानमा सुतली बम विस्फोट भएको गोरखा प्रहरीले जनाएको छ ।

विस्फोटको जिम्मा कसैले लिएको छैन । विस्फोटबाट कुनै क्षति भएको छैन ।

निर्वाचन विथोल्ने कुनै संघठन वा पार्टीले निर्वाचन विरोधि गतिविधिस्वरुप मतदातालाई तर्साउनका लागि यस्ता घटना गराएको हुनसक्ने प्रहरीले जनाएको छ ।

तर, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाइएको हुँदा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह सुरक्षा निकायले आग्रह गरेको छ ।

बझाङ - जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान स्थल नजिकै बम फेला परेको छ ।

आज बिहान जयपृथ्वी नगरपालिका भोपुर मतदान केन्द्र अथवा नेपाली सेनाको ब्यारेक नजिकै बम फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी क्रृषिराम कडेलले बताए ।

बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ ।

बम फेला परेपछि स्थानीय मतदातामा त्रास छाएको छ । बम नेकपा माओवादी बिप्लब समुहले राखेको हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच, जिल्लामा आज बिहानबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ ।

जिल्लाको बुङगल नगरपालिकाको कफलसेरीमा पनि बम फेला परेको जानकारी प्राप्त भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले बतायो ।

Advertisement

Advertisement

Advertisement