नागरिक लगानी कोषले २२ प्रतिशत वोनस सेयर दिने

Advertisement

काठमाडौँ: नागरिक लगानी कोषले आफ्ना सदस्य तथा लगानीकर्तालाई २२ प्रतिशत वोनस सेयर दिने भएको छ ।

कोष सञ्चालक समितिको मंसिर ८ गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २२ प्रतिशत वोनस सेयर दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७२/७३ को लेखापरीक्षण कर्य सम्पन्न भएको र त्यसैका आधारमा २२ प्रतिशत बोनस र कर तिर्न नगद लाभांश पनि दिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

अब नागरिक लगानी कोषले बोनसबापत १६ करोड २८ लाख ५८ हजार २७२ रुपियाँ खर्च गर्नेछ । यस्तै, नगद लाभांशमा ८५ लाख ७१ हजार ४८८ रुपियाँ खर्च हुनेछ । लाभांश प्रस्ताव आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर तिर्नु अघिको खुद नाफा १० करोड ६९ लाख रुपियाँ रहेको छ । प्रतिसेयर आम्दानी ११ रुपियाँ र प्रतिसेयर नेटवर्थ २१३ रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement