नेप्से उचाल्दै बीमा समूह (एक बजेको अपडेट)

Advertisement

काठमाडौँ: पहिलो चरणको चुनाव अनि यस साताको पहिलो दिनको सेयर कारोबार पनि एक बजेसम्मको रेकर्ड हेर्दा अहिलेसम्म दोहोर अंकको ब्रिद्दि देखिएको छ । नेप्सेमा अहिले १५ दसमलव ९७ अंकले बढ्दा १५ सय नौं अंकमा आइपुगेको छ ।

बजार खुलेको ११ बजे १४९३ बाट सुरु भएको सेयर अहिले १५०९ को अंकमा पुगेको हो । अहिलेसम्म तीन लाख ७१ ३९७ सेयर कारोबार हुँदा २१ करोड ४२ लाख ५१ हजार ३८५ रुपियाँको कूल कारोबार भइरहेको छ । एक बजेसम्म सबै ८ वटै परिसूचकहरु हरिया छन् भने बीमा समूहले अहिले बजार उचालिरहेको छ ।

Advertisement

Advertisement

Advertisement