चुनावको दिन सेयर बजारमा उत्साहजनक सुधार, कारोबार पनि बढ्यो

Advertisement

काठमाडौंः पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको दिन सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से २१ अंकले बढेर एक हजार पाँचसय (१५१४.३४ पुगेको) अंक पार गरेको छ ।

सेयर खरिद बिक्रीमा पनि वृद्धि भई आज ५९ करोड रुपियाँभन्दा बढिको कारोबार भएको छ । बजार निरन्तरजसो घटिरहँदा निराश भएका र पर्ख र हेरको स्थितिमा रहेका लगानीकर्तालाई आजको वृद्धिले उत्साह थपेको छ ।

विशेषगरी जलविद्युत र बाणिज्य बैंक समूहको कारोबार राम्रो हुँदा नेप्सेमा ह्वात्तै बढेको हो । जलविद्युत समूहको मात्रै उपसुचक तीन दशमलव ५६ प्रतिशतले माथि गएको छ भने त्यसपछि क्रमसः बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ४६ प्रतिशत, विकास बैंक समूहको एक दशमलव आठ प्रतिशत, बिमा समूहको एक दशमलव तीन प्रतिशत, अन्य समूहको एक दशमलव ६३ प्रतिशत, लघुवित्त समूह एक दशमलव ६१ प्रतिशतले घटेको छ ।

अरु समूहरु उकालो लाग्दा व्यापार समूह भने तीन प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै सेयर कारोबार हुने कम्पनीमा स्टाण्डर्ड चार्टर्ड बैंक अगाडि छ । यसको छ करोड ८६ लाख रुपियाँको सेयर किनबेच भएको छ । नाफा गर्नेमा सबैभन्दा अगाडि नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा विशाल बजार कम्पनीका लगानीकर्ता छन् ।

Advertisement

Advertisement

Advertisement