एमालेले जनतालाई खुल्ला कैदी बनायो: नेता पौडेल

Advertisement

दमौली, तनहुँः काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको बताएका छन् ।

तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ को मर्कोटको चुनावी सभामा आइतबार पौडेलले यस क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको बताए ।

एमालेले त्यस क्षेत्रका बासिन्दालाई अभिव्यक्ति स्वतन्त्रता हुनबाट समेत वञ्चित गराई लोकतन्त्रवादीसँग आफ्ना कुराहरु भन्न नदिने गरेको पौडेलको भनाई छ ।

त्यस क्षेत्रमा काँग्रेसको जनलहर आएको भन्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका नेता पौडेलले लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले चुनाव जित्ने दाबी गरे ।

क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले यस क्षेत्रको मोटरबाटो र सिँचाइको पूर्वाधार विकास गर्न नेपाली काँग्रेसले अगुवाइ गर्ने बताए । त्यसका लागि निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement