सानिमा माई हाइड्रोको एक लाख ४६ हजार बढी कित्ता लिलामी विक्रीमा

Advertisement

काठमाडौँ: सानिमा माई हाइड्रोपावरले एक लाख ४६ हजार ५९२ कित्ता सेयर सोमबारदेखि लिलामीमा बिक्री खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर मंसिर १९ गतेसम्म लिलामी भर्न सक्नेछन् ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सानिमा हाइड्रोले साउन २७ देखि भदौ २९ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दा नबिकेको १ लाख ४६ हजार ५९२ कित्ता सेयर अहिले लिलामीमा ल्याएको हो ।

नेप्सेमा कम्पनीको अन्तिम कारोबार मूल्य ५०४ रुपियाँ छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । आवेदकले सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं तथा काठमाडौं बाहिर सनराइज बैंकको विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement