गुराँस लाइफ इन्स्योरेन्सको सीइओमा भट्टराई

Advertisement

काठमाडौँ: गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नारायण कुमार भट्टराई नियुक्त भएका छन् ।

सञ्चालक समितिको १४२ औं बैठकले मङ्सिर ११ गतेदेखि लागू हुने गरी चार वर्षको लागि भट्टराईलाई नियुक्त गरिएको हो ।

नव नियुक्त भट्टराई यस अघि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा काम गरिसकेका छन् । उनी २०६८ सालमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सहायक महाप्रबन्धक पदमा नियुक्त भएका भट्टराईले कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुखको जिम्मेवारी सम्म्हालिसकेका छन् ।

गुराँस लाइफको नेपालभर ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ वटा उपशाखा कार्यालय तथा तीन वटा एक्सटेन्सन कार्यालय मार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement