सेयर बजारको सुधार टिकेन, नेप्से घट्दा पनि जलविद्युतका लगानीकर्ताले कमाए

Advertisement

काठमाडौंः आइतबार उत्साहजनक रहेको सेयर बजार आज भने कायम रहन सकेन । हिजो २१ अंकले बढेको सेयर बजार परिसुचक नेप्से आज भने शुन्यमा झर्यो । कारोबार रकम हिजोभन्दा छ करोड बढिले बढे पनि नेप्सेमा भने गिरावट आएको छ ।

विशेषगरी वित्तीय कारोबार गर्ने कम्पनीहरुको सेयरमा गिरावट आए पनि जलविद्युत र अन्य समूहका कम्पनीहरुको उपसुचक भने सकारात्मक रह्यो । जलविद्युत समूहको उपसुचक एक दशमलव २१ प्रतिशतले बढेको छ । व्यापार र होटल समूहमा डेढ प्रतिशतको गिरावट भए पनि बाँकी समूहमा भने सामान्य गिरावट छ ।

सेयर बजार घट्दा लामो समयसम्म घट्ने र बढ्दा कहिले काँही मात्रै बढ्ने पछिल्लो समयमा देखिएको प्रवृत्ति अस्वाभाविक देखिन्छ । ठोस कारण विना नै सेयर बजार देखिँदै आएको यस किसिमको उतार चढावलाई धेरै विश्लेषकहरुले चलखेलको संज्ञा दिँदै आएका छन् ।

आजको कारोबारमा सबैभन्दा धेरै सेयर खरिद बिक्री चिलिमे हाइड्रोपावर कम्पनीको भएको छ । उक्त कम्पनीको झण्डै साढे छ करोडको कारोबार भएको देखिन्छ । नाफा गर्नेमा सबैभन्दा अगाडि कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् भने घाटा खानेमा सबैभन्दा अगाडि राष्ट्रिय बिमा कपनीका संस्थापकहरु छन् ।

Advertisement

Advertisement

Advertisement