राजनीतिक लडाईं सकियो अब आर्थिक विकासका लागि लडाईंः रविन्द्र अधिकारी

Advertisement

पोखराः कास्की–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका एमाले नेता रविन्द्र अधिकारीले राजनीतिक लडाई सकिएकाले अब आफूहरुको लडाईं आर्थिक विकास र गरिवी हटाउन केन्द्रीत हुने बताएका छन् ।

पोखराको फूलबारीमा सोमबार आयोजित कोणसभामा उनले आफूहरुले बहुमतका लागि मात्रै वामगठबन्धन नबनाएको तर्क गर्दै आर्थिक विकास र गरिवी न्यूनीकरणका लागि गठवन्धन बनाएकाले यसबाट नअत्तालिन काँग्रेसलाई आग्रह गरे ।

अधिकारीले देशमा अब वामपन्थीको बहुमतको सरकार बन्ने र त्यसैले जनजिविकामा कायापलट गर्ने भन्दै आफूहरु देश बनाउनलाई नै पार्टी एकता गर्ने घोषणा गरेको बताए ।

Advertisement

Advertisement

Advertisement