बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा : २०० नेपाली विद्यार्थी समस्यामा

Advertisement

काठमाडौँ: मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् ।

विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिसी)ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीनवटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको हो ।

बंगलादेशमा मेडिकल अध्ययनका लागि प्रत्येक वर्ष चार सयको हारहारीमा जाने गरेका छन् । अहिले बंगलादेशका २१ वटा कलेजमा अध्ययन गर्ने झन्डै दुई सय नेपाली विद्यार्थी समस्यामा परेका नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जनाएको छ । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार २१ वटा कलेजमा भर्ना रोक लगाए पनि अध्ययन भइसकेका विद्यार्थीलाई ठूलो समस्या नभएको बताए । इक्यानले अभिभावक तथा विद्यार्थीलाई अन्योल नभएको भन्दै बंगलादेशमा रोक लगाएका कलेजहरूको सूचीसमेत सार्वजनिक गरेको छ ।

इक्यानका अध्यक्ष प्रकास पाण्डेले नेपाली विद्यार्थीलाई बंगलादेशका कलेजहरूमा मेडिकल शिक्षा अध्ययन गर्न पूर्णरूपमा रोक नलगाएको बताए । अध्यक्ष पाण्डेले नेपालका विश्वविद्यालयहरूले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेका तथा नेपाल मेडिकल काउन्सिलको सहमति प्राप्त गरेका विद्यार्थी अध्ययनका लागि जान सक्ने बताए । भर्नाका लागि रोक लगाएका कलेजमा भर्ना नहुनसमेत इक्यानले आग्रह गरेको छ ।

भर्ना रोक लगाइएका कलेज
आसियान मेडिकल कलेज अइची मेडिकल कलेज, उत्तरा, ढाका वसुन्धारा एड–डिन मेडिकल कलेज अब्दुल हमिद मेडिकल कलेज ब्रह्मानबारिया मेडिकल कलेज युनिभर्सल मेडिकल कलेज केयर मेडिकल कलेज पार्कभ्यु मेडिकल कलेज युएस बंग्ला मेडिकल कलेज चत्ताग्राम इन्टरनेसनल मेडिकल कलेज विक्रमपुर भुइयान मेडिकल कलेज मोनोअरा सिक्देर मेडिकल कलेज नर्थन इन्टरनेसनल मेडिकल कलेज, धनमुन्डी, ढाका केयर मेडिकल कलेज, ढाका सहबुद्धिन मेडिकल कलेज, ढाका अब–दिन वसुन्धारा मेडिकल कलेज, ढाका साफेना डेन्टल कलेज, ढाका नर्थन मेडिकल कलेज, रंगपुर सिटी मेडिकल कलेज, गजिपुर नाइटिंगल मेडिकल कलेज, सभार बिजिसि ट्रस्ट मेडिकल कलेज, चित्तागोंग

नेपाल मेडिकल काउन्सिलले अनुमति नदिएका कलेज
जलालाबाद रागिब–राबेया मेडिकल कलेज, सिल्हेत एन्ड हस्पिटल अन्डर द साहजलाल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, सिल्हेत युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चित्तागोंग (युएसटिसी) गोनोसास्थाया समाज भित्तिक मेडिकल कलेज, साभार अन्डर गोनोस्वास्थाया युनिभर्सिटी / नयाँ पत्रिकाबाट

Advertisement

Advertisement

Advertisement