तारा एयरको विमान सिमिकोटमा दुर्घटना

Advertisement

हुम्लाः सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना भएको छ। कल साइन ९ एनएबिएम रहेको तारा एयरको विमान हुम्लाबाट सुर्खेतको उडान भर्ने क्रममा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल नेपालका अनुसार विमानको टायर पञ्चर भएका कारण दुर्घटना भएको हो।
विमानका चालक, एयरहोस्टेस, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी १६ जना घाइते भएका छन्।

घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जनाइएको छ । घटनास्थला उद्दारका लागि नेपाली सेना र प्रहरी पुगिसकेको छ ।
धावनमार्गबाट चिप्लिएको यस विमानको अगाडिको भागमा क्षति भएको छ ।

रनवेमा कुदिरहेको बेला पाङ्ग्रा पञ्चर भएर जहाज रनवेको दक्षिणी भेगमा पुगेको थियो । जहाज दौडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि हुत्तिएर दक्षिणतर्फ पुगेको प्रहरीको भनाई छ ।

विमानमा सवार प्रहरीसहित क्याप्टेन बसन्त लामा, कोपाइलट अनुप गुरुङ र एयरहोस्टेस श्रेया श्रेष्ठसहित १६ जना घाइते भएका छन् । एघार जना यात्रुहरु सामान्य घाइते भए पनि दुई सुरक्षाकर्मी र चालक दलका सदस्यको टाउकोमा चोट लागेको छ ।

जहाजमा चुनावमा सुरक्षाका लागि खटिएका १३ जनपद प्रहरी चुनाव सकेर सोही जहाजबाट सुर्खेत फर्किंदै थिए ।

Advertisement

Advertisement

Advertisement