सहयोगी विकास बैंकको सेयर कारोबार रोक्का

Advertisement

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबारबाट सहयोगी विकास बैंकको कारोबार अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सेयर कारोबार रोक्का गरेको जनाएको छ ।

नेप्सेले आज जारी गरेको एक सूचना अनुसार बैंकले गरेको सेयर कारोबारबारे केहि बुज्नु पर्ने भएकोले कारोबार रोक्का गरिएको हो । बैंकको हिजोसम्मको अन्तिम प्रतिसेयर मूल्य २८३ रुपियाँ रहेको छ ।

बैंकको ४२ लाख ४७ हजार २३५ प्रतिकित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।

Advertisement

Advertisement

Advertisement