स्थापना भएकै साल युनियन लाइफ इन्सुरेन्सले आइपिओ जारी गर्दै

Advertisement

काठमाडौँ: यसै चालु आर्थिक वर्षबाट संचालनमा आएको युनियन लाइफ इन्सुरेन्सले पनि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।

इन्सुरेन्सले ६४ करोड ५० लाख रुपियाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको हो । कात्तिक १३ गते बसेको कम्पनीको साधारण सभाले जारी पूँजीको ३० प्रतिशत आइपीओ निष्कासन गर्ने निर्णय गरेको थियो ।

यता, सभाले संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको समेत चयन गरेको छ । नयाँ जीवन बीमा कम्पनीले सुरुमै दुई अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement