मोदीले गरे हैदराबादमा मेट्रो रेलसेवाको उद्घाटन

Advertisement

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतीय मेट्रो रेल सेवाको पहिलो चरणको सेवा हैदराबादमा उद्घाटन गरेका छन् ।

उनले भारती मेट्रो रेल सेवाको पहिलो चरणको ३० किलोमीटर रेल सेवाको मङ्गलबार भारतीय दक्षिणी सहर हैदराबादमा उद्घाटन गरेका हुन् ।

भारतीय सरकारी रेडियो अल इन्डिया रेडियोले सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

प्रधानमन्त्री मोदीले सो सेवाको सञ्चालनको उद्घाटन गरेसँगै सोही रेलमा बसेर प्रधानमन्त्री मोदी र तेलङ्गाना राज्यका मुख्यमन्त्री के सी हन्द्राशेखर मैयापुरदेखि कुकातपल्लीसम्म पुग्ने कार्यक्रम तय भएको सो रेडियोले जानकारी दिएको छ ।

भारतीय मेट्रो रेल सेवाको यो पहिलो चरणको कार्यक्रम हो । यसअन्तर्गत ३० किलोमीटर रेल कुद्ने छ ।

यो सेवा हैदराबादको मैयापुरदेखि नगालसम्म रहेको छ । यसमा विभिन्न २४ वटा स्टेशन रहेका बताइएको छ ।

यो हैदराबाद रेल सेवा ७२ किलोमीटर लामो छ । यो सेवा तीन चरणसम्म गरी पूरा गर्ने योजना बनाइएको छ ।

यसको दोस्रो र तेस्रो तथा अन्तिम आयोजना आगामी बर्ष सन् २०१८ को अन्तम सम्ममा पूरा हुने कार्यक्रम रहेको बताइएको छ ।

यस सेवालाई बुधबारदेखि खुल्ला गरिने छ । बुधबारबाट यस रेल सेवामार्फत हरेक दिन कम्तीमा पनि १७ लाख मानिसले सेवा पाउनसक्ने अनुमान गरिएको छ ।

त्यसैगरी आगामी बर्ष पूराहुने उक्त ७२ किलोमीटर सेवाबाट करिब २३ लाख नागरिक हरेक दिन लाभान्वित हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement