दश बर्षको वारेन्टीसहित जाडोका लागि बजारमा आयो सिजीका वासिङ मेशिन

Advertisement

काठमाडौंः चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले आफ्ना सिजी ब्राण्डका वासिङ मेशिनहरुमा १० बर्षको वारेन्टी दिने भएको छ । कम्पनीले विभिन्न विशेषतासहितका वासिङ मेशिनहरु १० बर्षे वारेन्टीसहित बजारमा ल्याएको जनाएको छ ।

जाडोमा पनि कुनै झन्झट विना आफ्ना मुलायम हातहरुलाई आराम दिन अब उपभोक्ताले ढुक्कसँग सिजीका १० वर्षे वारेन्टी भएका वासिङ मेसिन घरमा ल्याउन सक्ने जनाउँदै यसमा वाटर म्याजिक क्युव, वासर, तथा ड्राइयर जस्ता विशेषताहरु रहेको जनाएको छ ।

एउटा बटम थिचेर घरका सबै लुगाहरु सजिलै धुलाई गर्न सकिने सिजीका वासिङ मेशिनले धुने र सुकाउने झन्झटलाई अन्त्य गर्ने भन्दै कम्पनीले वाटर म्याजिक क्युवअन्तर्गत सुपर्स विङ्स र वाटर क्युव ड्रम्स रहेको जनाएको छ ।

यसले अरु वासिङ मेसिनभन्दा ३३ प्रतिशत कम पानीको खपत गर्ने, उपभोक्ताको महत्वपूर्ण समयको बचत गर्नुका साथै जीवनलाई सहज बनाउने सिजी इलेक्ट्रोनिक्सको भनाई छ ।

Advertisement

Advertisement

Advertisement