किसान माइक्रोफाइनान्सको हकप्रद सेयर लिलामी बिक्रीको आवेदन आजबाट

Advertisement

काठमाडौं : किसान माइक्रोफाइनान्सले बुधबारदेखि सर्वसाधारण समूहको १ हजार ३५१ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम सय रुपियाँलाई आधार मानेर बोलपत्र फारम भर्नुपर्नेछ । लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद मंसिर १९ गते तोकिएको छ ।

यसअघि किसानले असोज ४ देखि कात्तिक ७ गतेसम्म ७८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । अहिले हकप्रदबाट विक्री हुन नसकेको सेयर अहिले लिलामीमा ल्याइएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारमा काठमाडौं तथा किसानको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, यस लिलामीमा सिभिल बैंकको विराटनगर, वीरगंज, नारायणगढ, पोखरा, बुटवल र नेपालगंज शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार किसानको चुक्ता पुँजी ३ करोड २२ लाख रुपियाँ छ । लिलामी सेयरपछि भने चुक्ता पुँजी ४ करोड रुपियाँ पुग्नेछ । पहिलो त्रैमासमा यस कम्पनीले १२ लाख ११ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement