नेप्सेमा दोहोरो अंकको वृद्धि

Advertisement

काठमाडौँ: बुधबार सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । आज नेप्से १२ दसमलव २६ अंकले बढेर १५ सय ३६ दसमलव १२ बिन्दुमा पुगेर बन्द भएको छ ।

परिसूचक बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज कूल १ अर्व ४ करोड ६६ लाख ६१ हजार १५ रुपियाँको सेयर किनबेच भएको छ ।

बुधबार उत्त्पादन र निर्माण समुहको बाहेक सबै परिसूचक सकारात्मक रहे । आज सबै भन्दाबढी बीमा समुहको परिसूचकमा वृद्धि देखिएको छ । बीमा समूहको परिसूचक सय दसमलव २४ बिन्दुले बढ्दा कूल ८१६६.८४ सेयर कारोबार भए ।

क वर्गहरुको मापन गर्ने परिसूचक २.५७ ले बढ्दा ३२४.०३ बिन्दुमा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement