भोलिदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो, आठ मुलुकले सहभागिता जनाउने

Advertisement

काठमाडौंः नेपाल चेम्बर अफ कमर्शको आयोजनामा बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु हुने भएको छ । चेम्बरले बुधबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो ।

राष्ट्रपतिबाट उदघाटन हुने यो मेला चेम्बर एक्स्पोको तेस्रो संस्करण हो । मेलामा दक्षिण कोरियाले पार्टनर मुलुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलुकको रुपमा सहभागी रहने चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ मुलुकको सहभागिता रहने छ । कुल दुई सय २५ स्टल रहने चेम्बर एक्स्पो कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने छन् ।

पाँंच दिनसम्म चल्ने मेलामा करिव तीन लाख भन्दा वढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement