महालक्ष्मीको मार्तडी, चैनपुर, पाटन र घोराहीमा एकैसाथ चार शाखा विस्तार

Advertisement

काठमाडौंः महालक्ष्मी विकास बैँकले भोलि बिहीबार बाजुराको मार्तडी, बझाङको चैनपुर, बैतडीको पाटन र दाङको घोराही गरी चार शाखा एकैसाथ विस्तार गरी सञ्चालनमा ल्याउने भएको छ ।

सुदूरपश्चिमको बाजुरा, बझाङ र बैतडीमा शाखाहरु सञ्चालन गरेर महालक्ष्मी उक्त स्थानहरुमा शाखा खोल्ने पहिलो राष्ट्रियस्तरको विकास बैँक बन्न सफल हुँदैछ । नयाँ शाखाहरुसहित बैँकको शाखा संख्या ७० पुग्ने छ ।

महालक्ष्मी विकास बैंकको एटिएम संख्या ३५ रहेको छ । बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मीले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपियाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ ।

Advertisement

Advertisement

Advertisement