नेपाल एसबीआई मर्चेन्टको दोश्रो साधारण सभा पुस ३ गते, एक करोड माथिको बोनस सेयर ल्याउँदै

Advertisement

काठमाडौं : नेपाल एसबीआई मर्चेन्ट बैंकिङले पुस तीन गतेको लागि कम्पनीको दोश्रो साधारण सभा बोलाएको छ। सभाबाट कम्पनीले एक करोड ११ लाख ११ हजार १११ रुपियाँ बराबरको बोनस सेयर वितरणका लागि प्रस्ताव पास गर्ने भएको छ । बोनस सेयर प्राप्तिका लागि भने सेयरधनी स्वयमले त्यस बापत लाग्ने कर तिर्नु पर्ने जनाइएको छ ।

सो बोनस सेयर वितरणपछि उसको कायम हुने चुक्ता पुँजीमा ८० प्रतिशत अर्थात आठ करोड ८८ हजार ८८९ रुपियाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुँदै छ ।

कम्पनीको १० करोड रुपियाँ चुक्ता पुँजीलाई बढाएर २५ करोड रुपियाँ पुर्याउन स्वीकृत गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि गरिएको छ ।

साधारण सभा एसबीआई बैंकको सभा हल केशरमहल, काठमाडौमा बिहान ११ बजेका लागि तय गरिएको ।

धितोपत्र बोर्डको नियमानुसार मर्चेन्ट बैंकिङ व्यवसाय सुरु गर्ने कुनै पनि बैंकले आउँदो असार २०७५ मसान्तभित्रमा न्यूनतम चुक्ता पुँजी २० करोड रुपियाँ पुर्याउनुपर्ने बाद्यात्मक व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement