सिटीको प्रिमियर लिगमा अग्रता कायमै, लगातारको जितपछि नयाँ कीर्तिमान

Advertisement

एजेन्सीः इंग्लिस प्रिमिर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीले जित दर्ता गरेको छ । साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गर्दै सिटीले लगातार १२ खेलमा जित निकाल्दै कीर्तिमान कायम गरेको हो ।

खेलको पहिलो हाफ गोल रहित रोकिएपनि दोस्रो हाफको ४७ औं मिनेटमा केविन डि ब्राउनले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए । साउथह्याम्टनको लागि ७५ औं मिनेटमा रोमेउले गोल गर्दै खेललाई बराबरीमा फर्काए । सिटीका लागि रहिम स्ट्रर्लिङले अतिरिक्त समयको छैठौं मिनेटमा गोल गर्दै २-१ गोलको जित दिलाए ।

यस गोलसँगै रहिमले सिजनमा आफ्नो गोल संङख्या १३ पुर्याएका छन् । जितसँगै सिटीको १४ खेलबाट ४० अंक भएको छ। दोस्रो स्थानको युनाइटेडको ३२ अंक रहेको छ ।

Advertisement

Advertisement

Advertisement