स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल सार्वजनिक

Advertisement

काठमाडौंः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ ।

मुलुकका सात सय ५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले ती तहका वडा तहसम्मका सबै विवरण वेबसाइट मा प्राप्त गर्न सन्छि । यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्ने जनाए ।

मन्त्रालयले सबै तहलाई सूचना प्रविधिको तालीमका लागि प्रतितह छ लाख रुपियाँ अनुदान र एक एक सूचना प्रविधि अधिकृत उपलब्ध गराएको छ । वेबसाइटसँगै मन्त्रालयका लागि मोबाइल एप्स पनि तयार गरिएको छ ।

Advertisement

Advertisement

Advertisement