कर्पोरेट नेपालका सम्पादक विलासीलाई 'सेजन अवार्ड'

Advertisement

काठमाडौंः नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक बर्ष आफ्नो बार्षिकोत्सवमा प्रदान गर्ने सेजन अवार्डबाट कर्पोरेट नेपाल डटकमका सम्पादक सीताराम विलासीसहित पाँच जना पुरस्कृत भएका छन् ।

छापा माध्यमबाट कान्तिपुर दैनिकका कृष्ण आचार्य र नागरिक दैनिकका दिलिप पौडेललाई संयुक्तरुपमा अवार्ड प्रदान गरिएको हो भने डिजिटल मिडियाबाट कर्पोरेट नेपालका विलासी र राष्ट्रिय समाचार समितिका किरण भट्टराईलाई संयुक्तरुपमा सेजन अवार्ड प्रदान गरिएको हो । दुवै पुरस्कार ५०–५० हजार रुपियाँ राशीका हुन ।

त्यसबाहेक सेजनको निर्णायक मण्डलले क्यापिटल म्यागाजिनका विनय बञ्जारालाई पनि अवार्ड प्रदान गर्ने विशेष निर्णय गरेको थियो । सेजनको २०औं बार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले अवार्ड प्रदान गरेका थिए ।

sejon-award-sitaram-bilashi-swonim-wagle1साथै, सेजनले हरेक बर्ष प्रकाशन गर्दै आएको स्मारिका अर्थनीतिको राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले विमोचन गरे । कार्यक्रममा उपाध्यक्ष वाग्लेले नेपालमा व्यवसायिक ढंगले चल्न सफल केही संस्थाहरुमा एउटा सेजन पनि स्थापित हुँदै गएको भन्दै नेपालको पत्रकारिताको विकासका लागि खोज अनुसन्धानमा थप बढी ध्यान दिनुपर्ने जरुरी रहेको बताए ।

उनले धेरै नेपालीको हात हातमा आधुनिक फोनहरु हुँदै गएकाले अनलाइन पत्रकारितालाई पनि प्रोत्साहन गर्नु जरुरी रहेको भन्दै निर्वाचनपछि मुलुक राजनीति प्रधानभन्दा आर्थिक प्रधान हुने भएकाले त्यसका लागि पत्रकारिता क्षेत्र पनि थप सशक्त हुनु जरुरी रहेको बताए ।

वाग्लेले राजनीति व्यवस्थाका लागि पत्रकारिता क्षेत्रले धेरै मसी खर्च गरेकाले अब आर्थिक शासनका लागि खर्च गर्ने बेला आएको बताए ।

राष्ट्र बैंकका गर्भनर नेपालले निजी क्षेत्रको दृष्टि नपुगेका वित्तीय सेवाविहीन क्षेत्रमा पत्रकारिता क्षेत्र पुगेको भन्दै पत्रकारिता क्षेत्र सशक्त हुँदा राजनीतिक नेतृत्व पनि समेत हुँदै गएको बताए । उनले नेपालको आर्थिक पत्रकारिता क्षेत्रले थप अध्ययन गर्नु जरुरी रहेको बताए

Advertisement

Advertisement

Advertisement