कैलाशले १० प्रतिशत बोनस सेयर र ९.४५ प्रतिशत नगद लाभाशं दिने

Advertisement

काठमाडौंः कैलाश विकास बैंकले गएको बर्षको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ९.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न २४औं बार्षिक साधारणसभाले त्यसलाई पारित गरेको हो ।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ५२ करोड रुपियाँ पुग्ने छ । बैंकले गएको बुधबारसम्म १८ अर्ब ३२ करोड निक्षेप संकलन गरी १६ अर्ब १९करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । कैलाश विकास बैंकले ४१ शाखा र २० एटीएममार्फत सेवा दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement